अमेरिकाद्धारा रुसमाथि प्रतिवन्धको घोषणा

११ फागुन (रासस÷एएफपी) ः युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।
कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ । यस्ता प्रतिवन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ ।
अमेरिकाले गरेको प्रतिवन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरुले समेत समर्थन जनाउदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिवन्ध लगाइएको घोषणा गरेका छन् । रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरुले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।
उनीहरुले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ । रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरुले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया