बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

११ फागुन (रासस÷सिन्ह्वा) ः बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ ।
सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो ।
प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया