बुधबार, पुष ३०, २०८२

पललाई जहाँ भेट्यो त्यही पक्राउ गर्न प्रहरीको सर्कुलर

मेरोन्यूज २०७८ फागुन ११ गते १९:३५

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको जाहेरी तनहुँ जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले अभिनेता पल शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन सर्कुलर गरेको हो । सर्कुलरमा पललाई जहाँ भेट्यो त्यही पक्राउ गरी तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।

सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं २ रामपुर स्थायी वतन बताई हाल काठमाडौँ म.न.पा. नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह), गहुँगोरो वर्ण भएको, कपाल लामो पालेको, उचाइ अं. ५.७ भएको मध्यम शरीरु भएको लाई पक्राउ गर्न प्रहरीले भनेको छ ।

प्रतिक्रिया