कुलमानकी श्रीमती बनिन् राप्रपा धादिङको उपाध्याक्ष
मेरोन्यूज
२०७८ फागुन १२ गते ७:११

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको उपाध्याक्षमा दीपा तामाङ चयन भएकी छन् । उनी नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी हुन् ।
तामाङलाई रुबिभ्यालीबाट प्रतिनिधित्व गर्ने गरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । राप्रपा बेनीघाट रोराङबाट उपाध्यक्षमा शालिकराम सिलवाललाई चयन गरेको छ
राप्रपा धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो । धादिङ राप्रपाको अध्यक्ष ध्रुव खनाल हुन् ।
कुलमान भने रामेछापका बासिन्दा हुन् ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया