रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका ७ विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरपालिकाले क्रिया खर्चसहित क्षतिपूर्ति दिएको छ ।
बुधबार मृतक मालिका गाउँपालिका २ रुम निवासी थामबहादुर पुनका आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा नगरपालिकाले क्रिया खर्चसहित सात लाख २५ हजार राहत उपलब्ध गराउने सहमति भएको हो ।
सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधासमेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए ।
पिपलको रुखको हाँगा काट्ने क्रममा गत मंगलबार लडेर घाइते भएका पुनलाई उपचारका क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै मृतकको परिवारलाई विरेन्द्रचोक टोल सुधार समितिले समेत थप ५० हजार राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिए ।













विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप : जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न
खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंककाे आग्रह
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया