मंगलबार, पुष २९, २०८२

रुसी राष्ट्रपतिको घोषणासँगै पूर्वी युक्रेनमा बिस्फोट

मेरोन्यूज २०७८ फागुन १२ गते ९:५२

काठमाडौँ । पूर्वी युक्रेनमा विस्फोट भएको छ । बिखण्डनकारीको नियन्त्रणमा रहेको उक्त भूभागको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको हो ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेसँगै सो क्षेत्रमा बिस्फोट भएको समाचारमा जनाइएको छ । पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आआफ्ना घर जान अनुरोध गरिसकेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया