बहिनीको सुन्दरतामा रेखाको जलन

काठमाडौं । बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।
उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।
‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें । पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थें । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थें । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थें’, उनले भनेकी छन् ।
रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन् । रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे । तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन् ।










सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
प्रतिक्रिया