बहिनीको सुन्दरतामा रेखाको जलन

काठमाडौं । बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।
उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।
‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें । पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थें । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थें । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थें’, उनले भनेकी छन् ।
रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन् । रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे । तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन् ।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया