युक्रेनभन्दा रुस कति शक्तिशाली ? यस्तो छ विवरण

काठमाडौँ । लामो तनावका बीच रुसले बिहीबार बिहानै युक्रेनमाथि मिसाइल हमला गरेको छ । हमलामा कम्तिमा नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । रुसी सेना युक्रेनका केही भूभागमा पुगेका छन् ।
युक्रेनले आफूहरूले छ वटा रुसी फाइटर जहाज खसालेको दाबी गरेको छ । यसबारे रुसले कुनै प्रतिक्रिया दिएको छैन ।
पुटिनको घोषणा : तत्काल हमला
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक सरकारी टेलिभिनमार्फत युक्रेनमाथि हमला गर्ने घोषणा गरेका थिए । उनको घोषणासँगै रुसले युक्रेनमाथि हमला गरेको थियो । पुटिनले रुस र युक्रेनमाथि कसैले हस्तक्षेप गरे नतिजा निकै नराम्रो हुने धम्की दिएका थिए । उनले अमेरिका र नेटो सेनातर्फ औंल्याउँदै यस्तो धम्की दिएका हुन् ।
पुटिनको भनाई पूरा हुन नपाउँदै युक्रेनको राजधानी किभलगायतका विभिन्न प्रान्तमा १२ वटा विस्फोट भएको थियो । राजधानी किभमा पनि मिसाइल आक्रमण भएको थियो ।
युक्रेनको विमानस्थल बन्द भएको छ । यस कदमले युक्रेनमा फसेका विदेशी नागरिकहरू आपतमा परेका छन् ।
युक्रेनले आक्रमणको जवाफ दिँदै रुसी विमान खसालेको थियो । युक्रेनले यो आक्रमणको जवाफ दिने र युद्ध जित्ने बताउँदै आएको छ । रुसलाई युद्धमा पराजीत गर्ने बताउँदै आएको युक्रेनसँग कति छ सैन्य शक्ति ?
१, रुससँग आठ लाख ५० सैनिक छन् भने युक्रेनसँग दुई लाख सैनिक रहेका छन् ।
२, रुससँग दुई लाख ५० हजार प्यालामिलिट्ररी फोर्स छन् भने युक्रेनसँग ५० हजार मात्रै रहेका छन्
३, सैनिक बजेटमा युक्रेनसँग जम्मा करिब ८९ करोड डलर रहेको छ भने रुससँग साढे ११ लाख करोड डलर रहेको छ ।
४, सैनिक ट्याङ्क रुससँग १२ हजार ४२० र युक्रेनसँग २५९६ वटा रहेको छ ।
५, रुससँग ४१७३ एयरक्राफ्ट रहेको छ भने युक्रेनसँग ३१८ वटा मात्रै रहेको छ ।
६, फाइटर एयरक्राफ्ट रुससँग ७७२ वटा रहेको छ भने युक्रेनसँग ६९ वटा रहेको छ ।
७, सैनिक हेलिकप्टोर रुससँग ५४४ वटा रहेको भने युक्रेनसँग ३४ वटा मात्रै रहेको छ ।
८, नौसैनिक जहाज युक्रेनसँग ३८ वटा मात्रै रहेको भने रुससँग ६०५ वटा रहेको छ ।
९, युद्धपोत युक्रेनसँग एउटा मात्रै छ, यस्तै रुससँग ११ वटा रहेको छ ।
१०, रुससँग १५४३ वटा हुँदा युक्रेनसँ ११२ वटा मात्रै रहेको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया