सोमबार, पुष १४, २०८२

भायानेट मिनी प्याकमा टिभी हेर्न पाउने

मेरोन्यूज २०७८ फागुन १३ गते १०:२३

काठमाडौँ । इन्टरनेट सेवा कम्पनी भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । ग्राहकले आठ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी प्राप्त गर्ने छन् ।

यस अफरमार्फत ग्राहकले उच्च–गतिको इन्टरनेट सेवाका साथै १७५ भन्दा बढी च्यानल, चलचित्र हेर्न सक्ने छन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाइस्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो ।

यसबाहेक भायाटिभीको सेट–उप बक्समा ‘पज एण्ड प्ले’को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताले लाइभ टिभी कार्यक्रम पज गरी पछि हेर्ने फाइदा लिन सक्ने छन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणबाट सुविधाहरू लिन सक्ने छन् ।

प्रतिक्रिया