‘राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् ।
सरकारले राजस्व नियमित रूपमा उठाउने तर खर्च भने समयमै गर्न नसक्दा अर्थतन्त्रमा बर्सेनि एउटै समस्या देखिने गरेको र यसबाट निजी क्षेत्र प्रत्यक्ष रूपमा मर्कामा परेको उनको भनाइ छ ।
‘राजश्व संकलन शत प्रतिशत हुने तर खर्च नहुने हुँदा तरलता समस्या समेत श्रृजना भएको छ’,– पर्वत उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै ढकालले भने, ‘यसका निम्ति खर्च गर्नैपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरिनुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले तरलता संकट समाधानका लागि नेपाल सरकारको खर्च प्रणालीमा सुधार हुनुपर्ने बताए ।
संघीय सरकारसहित प्रदेश र स्थानीय सरकारको खर्च गर्ने परिमाण न्यून भएको तर राजस्व संकलन ९० प्रशितभन्दा बढी हुने कारणले तरलता संकट हुने गरेको उनको भनाइ छ ।
यसका निमित्त खर्च गर्नैपर्ने प्रणालीको विकास गर्दै राजनीतिक र प्रशासनिक नेतृत्वलाई जिम्मेवार बनाइनु पर्ने ढकालले बताए ।
यस्तै, सरकार फेरिएसँगै बजेट र कार्यक्रम संशोधन हुने नीतिगत अस्थिरता पनि समस्याका रुपमा रहेको उनको भनाइ छ ।
आईएमई समूहका अध्यक्ष समेत रहेका ढकालले पर्वत जिल्लाभित्र र समग्र गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानीमा स्थानीय स्तरमा बन्ने आयोजनाहरूमा आफ्नो तथा समूहको साझेदारी रहने प्रतिबद्धता व्यक्त गरे ।











उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया