इ–सेवा ट्राभलको ब्रान्ड एम्बेसडर भए क्याप्टेन विजय लामा

काठमाडौं । इ–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
इ–सेवाले शुक्रबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडर समेत नियुक्ति गरेको हो । यसअघि नै इ–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताए ।
उनले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिए सापकोटाले इ–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताए ।
त्यस्तै, इ–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले इ–सेवामार्फत सहयोग गर्ने बताए । उनले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गरे ।
लामाले ३५ वर्षदेखि हवाई क्षेत्रमा काम गरेकाले इसेवा मार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताए ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया