‘ए’ डिभिजन लिगः आर्मी दोस्रो स्थानमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग–०७८ को अन्तिम दिन त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै आर्मीले दोस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको छ ।
अपराजित रहँदै लिग टुङग्याएको आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । समान खेलबाट २१ अंक जोड्दै मनाङ पाँचौ स्थानमा रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ४५औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलबाट मनाङले अग्रता लिएको थियो । दिनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई जाली चुमाएका थिए ।
तर, मनाङका गोलकिपर अशोक बरालले ७१औँ मिनेट गम्भीर गल्ती गरेपछि आर्मी खेलमा फर्किएको थियो । सन्तोष तामाङले गरेका फ्रि किकमा अशोक र टोलीका डिफेन्डरबीच मिस कम्युनिकेशन भएपछि मनाङका डिफेन्डर फ्रयांकलिन टल्लाको ढाडमा लागेर बलले पोस्टको दिशा लिएको थियो ।
त्यसअघि दोस्रो मिनेटमा आर्मीका सुमन अर्यालले बक्स बाहिरबाट प्रहार गरेको लोअर फ्रि किक सेकेन्ड बारको नजिकैबाट बाहिरियो । पाँचौ मिनेटमा सन्तोष तामाङले १८ यार्ड बक्सबाट प्रहार गरेको फ्रि किक पहिलो बारबाट बाहिरियो ।
खेलको सुरुआती मिनेटमा तालमेल नमिले पनि त्यसपछिको आधा घण्टासम्म मनाङमाथि आर्मी हावी देखियो । यद्यपि, आर्मीले पहिलो हाफमा पाएका गोलका अवसर सदुपयोग गर्न सकेन ।
३२औँ मिनेटमा आर्मीका योद्धा साहीले गरेको गल्तीको फाइदा मनाङले उठाउन सकेन । मनाङको डिफेन्सबाट आएको लामो बललाई योद्धाले नियन्त्रणमा लिन सकेनन् । सोही बलमा गोलकिपर विकेश कुथु पनि अघि बढेको अवस्थामा मनाङका कप्तान अन्जन विष्ट बलसम्म पुग्न सकेनन् ।
दोस्रो हाफको सुरुआती १० मिनेटमा दुवै टोलीले गोलका गतिलो मौका बनाउन सकेनन् ।
आर्मीका विमल पाण्डेले ६३औँ मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै बचाए ।
आर्मीका जर्ज प्रिन्सले ६९औँ मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । आर्मीका टंक बस्नेतले गरेको कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्ज प्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो ।
लिगको ११औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । यस्तै तालिकाको पुछारमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।








जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया