अपराजित रहँदै मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन
ब्रिगेड ब्वाइज र च्यासल रेलिगेशनमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै मछिन्द्र क्लव लिग च्याम्पियन बनेको छ ।
दुई खेलअघि नै उपाधि जितेको मछिन्द्रले लिगको अन्तिम खेलमा शनिवार सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ गोलले पराजित ग¥यो ।
मछिन्द्रका लागि खेलको ४२ औं मिनेटमा अभिषेक गुरुङ र ८१ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए ।
एपीएफका लागि खेलको ६९ मिनेटमा प्रदीप लामाले गोल गरेका थिए ।
खेल सकिन एक मिनेट बाँकी रहँदा सोनाम भुटियाले रातो कार्ड पाएर बाहिरिएपछि मछिन्द्र दश खेलाडीमा सीमित बनेको थियो ।
३५ अंकका साथ लिग च्याम्पियन बनेको मछिन्द्रले १३ खेलमध्ये ११ खेलमा जित्दा २ बराबरी खेलेको हो ।
लिगमा २३ अंक जोड्दै आर्मी क्लव दोस्रो तथा बराबरी अंकका साथ एनआरटी २३ तेस्रो बन्यो ।
यो सिजनको ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब २१ अंकसहित चौथो, मनाङ मर्स्याङ्दी क्लब २१ अंक नै जोडेर पाँचौ बनेको छ ।
यस्तै, थ्रीस्टार १९ अंक जोड्दै छैटौं हुँदा १६ अंकका साथ संकटा सातौं, एपीएफ १५ अंक जोड्दै आठौं, जावलाखेल १४ अंकका साथ नवौं र हिमालयन शेर्पाले पनि १४ अंक जोडेर दशौं स्थानमा रहन पुगेको छ ।
यस्तै, क्रमशः नेपाल पुलिस क्लब (१२ अंक), फ्रेन्ड्स क्लब (११ अंक) एघारौं र १२ औं स्थानमा रहे ।
लिगमा ब्रिगेड ब्वाइज र च्यासल रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा झरेको छ । ब्रिगेड ब्वाइजले ८ अंक र च्यासलले ६ अंक मात्रै जोड्न सके ।
प्रतिक्रिया