महालक्ष्मी बैंंकको २१.०५ प्रतिशतको लाभांश पारित

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को भिजनलाई आत्मसाथ गर्दै २७ वर्षदेखि अनवरत रुपले सञ्चालन भएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
यसैगरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयर धनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने बताए । साथै शेयर धनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गरे ।
स्थगित २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया