आइतबार, पुष १३, २०८२

एमजीको नयाँँ विद्युतीय गाडी नेपाली बजारमा

मेरोन्यूज २०७८ फागुन १५ गते १८:४५

काठमाडौं । एमजीको नयाँँ विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ ।
नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको हो ।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् इभीमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिने जनाएको छ ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।

साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन तथा यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू रहेको जनाइएको छ ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ ।

एमजि जेडएस इभि २०२२मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको कम्पनीले जनाएको छ ।

८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दरमा गुड््न सक्ने यो मोटरमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

प्रतिक्रिया