बुधबार, पुष ३०, २०८२

काभ्रेमा शंकास्पद वस्तु फेला

मेरोन्यूज २०७८ फागुन १६ गते ८:४१

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काभ्रको पुल बजारमा शंकास्पद वस्तु भेटिएको छ । योसँगै प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ ।

प्रहरीले यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । शंकास्पद वस्तु बम हुन सक्ने अनुमान प्रहरीले गरेको छ । उक्त वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ ।

उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।

प्रतिक्रिया