बैतडीमा स्थानीय निर्वाचन तयारी तीव्र

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित गरिएको छ । अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । नामावली उपर दाबी विरोध गर्न आह्वान गरिएको छ ।
सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख माधव फुँयालले जानकारी दिए । मतदाता परिचय पत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ । उनले भने, “फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन ग¥र्छौं, त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुन्छ ।”
मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २३ गतेसम्म राखिएको छ । फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नु पर्ने छ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र संख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको छ ।
जिल्लामा स्थानीय तह निर्वाचनका लागि १२९ मतदानस्थल तोकिएका छन् । यहाँ एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
















इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प
गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट तीन हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया