सोमबार, वैशाख २८, २०८३

कांग्रेससँग लोकतन्त्रको पक्षमा काम हुन्छ : अध्यक्ष अ‍ोली

मेरोन्यूज २०७८ फागुन १७ गते १४:०७

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी पास भइसकेको अवस्थामा कार्यान्वयन कसरी हुने भनेर हेर्नु पर्ने बताए । उनले राष्ट्रिय स्वाधिनतामाथि तल–माथि गर्न खोजे मान्न तयार नभएको बताए ।

Advertisement
NiccNicc

उनले व्याख्यात्मक घोषणा निरर्थक रहेको बताउँदै भने, ‘हाम्रो छिमेकीसँग हामीले दोहोरो चरित्र देखाउन चाहदैनौँ, हाम्रा दातृ राष्ट्रहरू, सहकार्य गर्ने सरकार वा संस्थासँग सुमधुर सम्बन्ध राख्दै देश विकासमा अघि बढ्न चाहन्छौँ ।’

अध्यक्ष ओलीले अहिलेको सरकार कुनै प्रकारको अवैध सम्बन्धबाट पैदा भएको बताउँदै तत्काल खारेज हुनु पर्र्ने माग राखे । उनले लोकतन्त्र मासेर बनेको सरकार त्यहीअनुसार अगाडि बढेको आरोप लगाए ।

‘संविधानको रक्षा गर्नु पर्ने अवस्थामा लोकतन्त्र नमान्नेहरू सरकारमा छन्,’ उनले भने, ‘जनप्रतिधिहरूको समय थप्न मिल्दैन, तर अगाडि नै जनमतमा जाने प्रावधान छ, ताजा जनादेशमा जाने प्रक्रियालाई अस्वीकार गर्ने यो सरकार बन्न नै हुँदैन थियो ।’

अध्यक्ष ओलीले आफूहरू नेपाली कांग्रेससँग लोकतन्त्रको पक्षमा काम गरिरहेको बताए । यस्तै, उनले सभामुखको काम अनुचित भएको बताए ।

प्रतिक्रिया