सोमबार, पुष १४, २०८२

महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए गोपनियताको सपथ

मेरोन्यूज २०७८ फागुन १७ गते २०:५७

काठमाडौं । महालक्ष्मी विकास बैंकका नव निर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकमा मंगलबार आयोजित एक बिशेष समारोहकाबीच उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले सपथ दिलाएकी हुन् । अन्य नव निर्वाचित सञ्चालकहरुलाई भने उपाध्यायले सपथ दिलाएका हुन् ।

महालक्ष्मी विकास बैंक लिमिटेडकोे मिति २०७८ साल फाल्गुन १३ गते सम्पन्न भएको बीसौं वार्षिक साधारणसभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दीपककुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए ।

सोहि दिन बसेको संचालक समिमितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
सञ्चालक बनेर आएका गिरी, रौनियार, रुङ्गटा, राहुल अग्रवाल र पौडेललाई अध्यक्ष उपाध्यायले पद तथा गोपनियताको सपथ दिलाएका छन् ।

प्रतिक्रिया