विप्लव-नारायणकाजी ४५ मिनेट वार्ता
प्रचण्डबाट हुन्न,एउटै मोर्चा बनाऔं : विप्लव, नारायणकाजीको जवाफ-सम्भव हुनेसम्म गरौंला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र एमसीसी सम्झौता सदनबाट अनुमोदनको विषयले पराकम्प ल्याईरहेका बेला प्रचण्डसँग असन्तुष्ट नेता नारयणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का वीचमा भेटवार्ता भएको छ ।
श्रेष्ठको हात्तिवनस्थित निवासमा दुई नेतावीच करिव ४५ मिनेट विहान भेटवार्ता भएको हो । विप्लव आफैले श्रेष्ठलाई आफु भेटन आउन खोजेको भन्दै समय लिएपछि श्रेष्ठले उनलाई भेटका लागि समय दिएका थिए । त्यसपछि दुई नेतावीच वान अन वान वार्ता भएको हो । वार्तामा विप्लवले सकेसम्म पार्टी एकता नभएपनि एउटै मोर्चा बनाएर सहकार्यको प्रस्ताव गरेका थिए ।
विप्लव लगायत मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका ६ पार्टी अहिले संयुक्त मोर्चावन्दीमा छन् । एमसीसीका विरुद्धमा उनीहरु निरन्तर आन्दोलनमा पनि छन् । थप संर्घषका कार्यक्रम मोर्चाले आजै पनि घोषणा गर्ने गरी तयारी गरिरहेको छ । यही सन्र्दभमा विप्लवले श्रेष्ठलाई भेटेर एउटै मोर्चा निर्माणको प्रस्ताव गरेका हुन् ।
एमसीसी सम्झौता यथास्थितीमा पारित गर्न नसक्ने पार्टी महाधिवेशनको निर्णय विपरित प्रचण्डले टालटुल पारामा सदनमा ब्याख्यात्मक घोषणा गरेर पारितको नीति लिएपछि श्रेष्ठ प्रचण्डसाग असन्तुष्ट छन् । प्रचण्डले श्रेष्ठलाई मंगलबार मात्रै उनकै निवासमा गएर फकाउन खोजेपनि श्रेष्ठ प्रचण्डसँग सन्तुष्ट हुन सकिरहेका छैनन । माओवादी केन्द्रभित्र वढेको अन्तरविरोध र श्रेष्ठले आवश्यक परे फेरि अर्काे पार्टी निर्माण गर्न उनलाई उनी निकट नेताहरुले दवाव वढाईरहेको वुझेपछि विप्लव सहकार्यको प्रस्ताव वोकेर श्रेष्ठ निवास पुगेका हुन् ।
‘राष्ट्रियताको मुद्दा अगाडि बढाउन अब प्रचण्डजीबाट सम्भव छैन, उहाँले एमसीसीमा अमेरिकीहरुसँग लम्पसार मात्रै पर्नुभयो, माओवादीसँग अव राष्टियताको एजेण्डा पनि वाँकी रहेन, प्रचण्डजीले सत्ताभन्दा अरु देख्नै सकेनन, उनी पूरै संसदीय भासमा मात्र डुब्न थाले, अव यसरी हुँदैन, माओवादी अव यही पाराले झन सकँदै जाने हो । आउनुस्, तपाई हामी सक्दा पार्टी एकता नै गरौं, होइन भनेपनि तत्कालका लागि सहकार्य गरौं, राष्टियताको पक्षमा एउटै मोर्चा निर्माण गरेर अगाडी जाऔं, श्रेष्ठसँग विप्लवले प्रस्ताव गरेको विप्लवका एक नेताले बताए ।
जवाफमा श्रेष्ठले प्रचण्डवाट अव आफुले पनि देशको हित हुने देख्न छोडेको र यस विषयमा के गर्ने भन्नेमा आफु विचारविमर्शमै रहेको वताएका थिए । उनले प्रचण्डसँग अन्तरसंर्घष परेको भन्दै पार्टी बैठकमा यस वारेमा गहिरो छलफल हुने र त्यसपछि मात्र आफनो वाटोका बारेमा तय हुने विप्लवसँग बताएका थिए ।
‘विप्लवजीले एउटै मोर्चा बनाएर जाने प्रस्ताव गर्नुभयो, के सम्भव हुन्छ, त्यही गरौं तर, माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले अब पार्टीलाई पछिल्लो परिस्थितिअनुसार हिँडाउन सक्तैनन् , अव प्रचण्डबाट सम्भव हुने आफुले पनि देख्न छोडेको प्रकाश कमरेडले बताउनुभयो, श्रेष्ठको ब्रिफिङ सुनेका नेताले भने ।
श्रेष्ठले राष्ट्रियताको विषय पार्टी बैठकमा कुरा उठाउने तयारी आफुले गरेको जानकारी विप्लवलाई गराएका थिए ।
‘अब बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रियता, एमसीसीलगायतका कुरा उठाउँछु, एमसीसी जसरी सदनवाट पारित गरियो, यसमा मेरो गहिरो असहमति छ । यसलाइृ स्वीकार्न सकिन्न । प्रचण्डले यसमा महाअपराध गरेका छन्, यो टुलुटुलु हेर्ने कुरै छैन । राष्ट्रियताको विषयमा मेरो कसैसँग कम्प्रोमाइज हुँदैन, राष्ट्रियता मेरो प्रमुख हो त्यसपछि मात्र पार्टी र राजनीतिक दल हुन्छ।’ श्रेष्ठले विप्लवलाई जवाफ दिएका थिए ।
दुई नेतावीच पारम्भिक चरणमा यो छलफलको ढोका खुलेको र फेरि पनि छलफललाई निरन्तरता दिने गरी नेताहरु उठेको विप्लवका ति नेताले बताए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया