स्प्राइटले ल्यायो ‘स्प्राइटसँग जित्ने मौका’ अभियान

काठमाडौँ । लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” अभियान सुरु गरेको छ ।
यो अभियान अन्तर्गत हरेक घण्टा तथा हरेक हप्ता उपहार जित्ने छन् ।
हरेक दिन ९ जना भाग्यशाली ग्राहकले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
साथै हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने गरी उपहार राखिएको छ ।
यो अफरमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ अथवा स्प्राइट डट कम डट एनपी लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ ।
सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यहि फागुन ८ देखि सुरु भएको यो योजना २०७८ चैत १६ सम्म लागू हुनेछ ।
यसकाे प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासडर अनमोल केसीलाई छायाङकन गरिएको छ ।
यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् ।













ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया