शुक्रबार, माघ २, २०८२

जेष्ठ पत्रकारलाई मासिक भत्ता दिने सरकारको निर्णय

मेरोन्यूज २०७८ फागुन १८ गते २१:१५

काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई मासिक भत्ता दिने निर्णय गरेको छ ।

फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको छ ।

नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको भन्दै नेपाल पत्रकार महासंघले उक्त निर्णयको स्वागत गरेको छ ।

पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सरकारको निर्णय पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएका छन् ।

यद्यपि सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया