हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८४ पैसा र बिक्री दर १६१ रुपैयाँ ६४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ दुई पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा कायम भएको छ ।










तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया