पार्टीको मतभेद अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गर्दछु : नेता श्रेष्ठ
मेरोन्यूज
२०७८ फागुन १९ गते १९:४४

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै पार्टीमा देखिएको आन्तरिक मतभेदप्रति सचेत हुन आग्रह गरेका छन् ।
यसबारे उनले सञ्चार माध्यमलाई पार्टीमा भएको मतभेद र अन्तर विरोधलाई अतिरञ्जित ढंगले प्रचार नगर्न अनुरोध गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूबीच छलफल र वार्ता भइरहेको बारेमा जानकारी दिए ।
‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ नेता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्ड र मेरोबीचमा छलफल जारी छ, र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’
सम्बन्धित















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया