पार्टीको मतभेद अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गर्दछु : नेता श्रेष्ठ
मेरोन्यूज
२०७८ फागुन १९ गते १९:४४

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै पार्टीमा देखिएको आन्तरिक मतभेदप्रति सचेत हुन आग्रह गरेका छन् ।
यसबारे उनले सञ्चार माध्यमलाई पार्टीमा भएको मतभेद र अन्तर विरोधलाई अतिरञ्जित ढंगले प्रचार नगर्न अनुरोध गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूबीच छलफल र वार्ता भइरहेको बारेमा जानकारी दिए ।
‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर विरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु,’ नेता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्ड र मेरोबीचमा छलफल जारी छ, र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’
सम्बन्धित















कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
बेलुकी ६ बजेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया