मंगलबार, माघ ६, २०८२

तीन घण्टा त्रिभुवन विमानस्थलको सबै उडान रद्द

मेरोन्यूज २०७८ फागुन २० गते ९:१५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै प्रकारको उडान तीन घण्टाका लागि बन्द हुने भएको छ । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने भएसँगै सबै उडान रद्द हुने भएको हो ।

विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गर्दै यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुने जनाएको छ । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजलाई आकाशमा होल्ड गरिएको थियो ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । यस्तो उडानबाट रेडियो उपकरण तथा धावन मार्गमा जडित उपकरणको परीक्षण हुने छ ।

प्रतिक्रिया