सोमबार, वैशाख २८, २०८३

देश रित्तिएको रित्तियै छ, संसदवादी नेताहरु भ्रष्टाचारमा लिप्त छन् ः चित्रबहादुर केसी

मेरोन्यूज २०७८ फागुन २० गते १५:१७

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश रित्तिदै गएको अवस्थामा पनि संसदवादी नेताहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

विभिन्न ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आज आज काठमाडौंको खुलामञ्चमा आयोजना गरेको एमसीसीविरुद्ध गरेको जनसभामा बोल्दै केसीले एमसीसी संसदबाट पारित नहुँदै चार अर्ब भ्रष्टाचार गरेको दाबी गरे ।

‘संसदबाट पारित नहुँदै साढे चार अर्ब खाइसकेका छन्,’ केसीको प्रश्न छ, ‘संसदबाट पारित नहुँदै खर्च गर्न पाइन्छ ?’

‘साम्राज्यवादको दलाली गर्ने काम’

राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले आज राष्ट्रको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भइरहेको बेला नेपालका शाशकहरुले साम्राज्यवादको दलाली गर्ने काम गरिरहेको आरोप लगाए ।

‘यहाँका शासकहरुलाई हात लिएर के गर्न सकिन्छ, नेपालको प्राकृतिक साधनमाथि त्यही गरिरहेको छ ।
शाशकहरुले विशुद्ध साम्राज्यवादको दलाली गर्ने काम गरिरहेका छन् ।’– केसीले भने ।

यहाँका कम्युनिस्ट भन्नेहरुले नै सामाज्यवादको स्वार्थको काम गरिहेको केसीको भनाइ छ ।

मेची महाकालीदेखि प्रवासका नेपालीसमेतले एमसीसी राष्ट्रियताको विरुद्धमा छ भन्ने आवाज उठाइरहँदा यहाँका शाशकहरुले विकासको बाहनामा एमसीसी पास गराएको केसीको भनाइ थियो । ‘तर यसलाई जनताले खारेज गर्नुपर्छ ।’ –उनले भने ।

केसीले एकातिर पार्टी कार्यकर्तालाई एमसीसी खारेज गर्नपर्छ भनेर सडकमा उतार्ने, संसदमा १२ बुँदे ब्याख्यात्मक घोषणा भनेर पास गर्ने काम पनि उनीहरुले नै गरेको भन्दै प्रचण्ड– माधव नेपालको आलोचना गरे ।

Advertisement
NiccNicc

प्रचण्ड र माधवजीको लाज घट्न १२ बुँदे: केसी

‘प्रचण्ड र माधवजीको लाज घट्न १२ बुँदे गरेको भनेर संसदमै कांग्रेसका नेताहरुले भनेका छन् ।’ – केसीले भने ।
नेपालको प्राकृतिक साधनमाथि दाइँ हाल्न दिने काम स्वीकार्य नहुने पनि जनमोर्चा अध्यक्ष केसीको भनाइ छ ।

देशको राष्ट्रिय हितमा नभई सौदाबाजी गर्दा देशको अवस्था बर्बादीतर्फ गइरहेको पनि उनले बताए ।

एमसीसी पक्षधरले एमसीसी पास भयो भने कोही विदेश जानुपर्दैन यहिँ काम मिल्छ भनेर भ्रम छरिरहेको पनि केसीले बताए ।
‘जुनसुकै मुल्यमा एमसीसी खारेज गर्न सकेनौं भने अफगानिस्तान, इराक, सिरियाको जस्तो हुनेछ, यो मैले भावनात्मक रुपमा भनेको होइन ।’– केसीले भने ।

प्रतिक्रिया