सोमबार, वैशाख २८, २०८३

ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि

मेरोन्यूज २०८३ वैशाख २८ गते १०:४७

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढेको छ।

Advertisement
NiccNicc

प्रस्ताव अस्विकार भएसँगै अमेरिका-इरान तनाव बढ्ने अनुमानका बीच तेलको मुल्यमा भारी वृद्धि भएको हो ।

स्ट्रेट अफ होर्मुज प्रायः बन्द रहेको र आपूर्तिमा समस्या आउन सक्ने डरले बजार तातिएपछि तेलको मूल्य बढेको हो । 

सोमबार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५.४४ डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) पनि ४.५९ प्रतिशतले बढेर ९९.८० डलर प्रति ब्यारेल पुगेको छ ।

प्रतिक्रिया