झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

झापा । जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन् ।
नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन् । निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । यो सङ्ख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ । आव २०८१÷८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल सङ्ख्या तीन हजार ६३७ जना र २० वर्षमुनिका १८३ जना किशोरी थिए । आव २०८२÷८३ को चैत मसान्तसम्ममा सेवा लिनेको कूल सङ्ख्या दुई हजार ५८५ जना र २० वर्षमुनिका किशोरीको सङ्ख्या १३१ जना पुगिसकेको श्रेष्ठले बताए ।
विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा सुरक्षित गर्भपतनका लागि महिलाले शल्यक्रियाभन्दा औषधि सेवनको विधि रुचाएको देखिएको छ । आव २०८०÷८१ देखि चालु आव २०८२÷८३ सम्ममा औषधि विधि प्रयोग गरेर छ हजार १६ जनाले सुरक्षित गर्भपतन गराएका छन् । सुरक्षित गर्भपतन गराउने कूल १० हजार ४१ जनामध्ये चार हजार २५ जनाले मात्र शल्यक्रिया विधि रोजेका थिए ।
असुरक्षित गर्भपतनका कारण मृत्युको घटना सरकारी अभिलेखमा छैन । तथापि सूचीकृत नभएका र निजी स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने जोखिममा हुन्छन् । यसको आधिकारिक तथ्याङ्क उपलब्ध हुँदैन । सरकारी स्वास्थ्यमा जाँदा नाम लेखिने र व्यक्तिगत विवरण खोजिने भएका कारण गोपनियताका लागि कतिपय महिला सूचीकृत नभएका संस्था र योग्यता नपुगेका स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिन पुग्ने गरेका बताइएको छ ।
















झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा
थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि
मन्त्रिपरिषद्को बैठक बस्दै
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया