सुनको मूल्य तोलामा लाख रुपैयाँ नाघ्यो
मेरोन्यूज
२०७८ फागुन २२ गते ११:०५

काठमाडौँ । सुनको मूल्य तोलामा एक लाख रुपैयाँ नाघेको छ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोलामा दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजावी सुन मूल्य तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित













मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया