नेप्से परिसूचक ३.६६ अंकले गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ ।
आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ्गको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि मैलुङ्ग खोला जलविद्यत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७.८० प्रतिशत बढेको छ ।
त्यस्तै, सामलिङ्ग पावर कम्पनी र नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ । यता शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया