बिहीबार, चैत १२, २०८२

महिलाहरुले सञ्चालन गर्ने उद्योगमा कर छुटको व्यवस्था गर्ने मन्त्री रेग्मीको प्रतिवद्धता

मेरोन्यूज २०७८ फागुन २३ गते १५:४३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता जनाएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताइन् ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनले कार्ययोजना सुनाइन् ।

त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिइन् ।

स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गरिन् ।

बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरुलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो ।

प्रतिक्रिया