कोका–कोलाले १ हजार महिला व्यवसायीलाई सक्षम तालिम दिने

काठमाडौँ । पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी कोका–कोला महिला ब्यवसायीहरुलाई सक्षम तालिम प्रदान गर्ने भएको छ ।
कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गर्न लागेको हो ।
यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिइनेछ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर ब्यवसायी महिलाहरुलाई सक्षम तालिम दिन लागिएको हो ।
किराना पसलहरु सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यल तालिन दिन लागिएको कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।
सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यसहित कोका–कोलाले सन् २०१० मा ‘फाइभ बाई ट्वान्टी कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो ।
साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म स्टार (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनिसञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत ५ हजार ८ सय महिला व्यवसायीहरुलाई तालिम दिइएको थियो ।
















केन्यामा बाढीः कम्तीमा ८ जनाको मृत्यु
लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया