कोका–कोलाले १ हजार महिला व्यवसायीलाई सक्षम तालिम दिने

काठमाडौँ । पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी कोका–कोला महिला ब्यवसायीहरुलाई सक्षम तालिम प्रदान गर्ने भएको छ ।
कोका–कोलाले नेपालका लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गर्न लागेको हो ।
यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका १ हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिइनेछ ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर ब्यवसायी महिलाहरुलाई सक्षम तालिम दिन लागिएको हो ।
किराना पसलहरु सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यल तालिन दिन लागिएको कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।
सन् २०२० सम्म ५ मिलियन महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यसहित कोका–कोलाले सन् २०१० मा ‘फाइभ बाई ट्वान्टी कार्यक्रम विश्वव्यापी रुपमा सञ्चालन गरेको थियो ।
साथै कोका–कोला नेपालले विगत ६ वर्षसम्म स्टार (शपकिपर ट्रेनिङ एण्ड रिसोर्सेस) कार्यक्रम पनिसञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत ५ हजार ८ सय महिला व्यवसायीहरुलाई तालिम दिइएको थियो ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया