आइतबार, पुष १३, २०८२

महालक्ष्मी बैंकले प्रहरी कार्यालयलाई दियो विद्युतीय आरओ प्लान्ट

मेरोन्यूज २०७८ फागुन २३ गते १७:५२

काठमाडौं । महालक्ष्मी विकास बैंक इलाका प्रहरी कार्यालय पकडीलाई स्वचालित विद्युतीय आरओ प्लान्ट प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वको अभियान चलाइरहेको महालक्ष्मी विकास बैंकले शुद्ध पिउने पानी ब्यवस्थापनका लागि आरओ प्लान्ट प्रदान गरेको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक कार्यक्रम गरी इलाका प्रहरी कार्यालय पकडीलाई स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो ।

बैंकको पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया