सोमबार, पुष १४, २०८२

नेपाल बैंकको महिला लक्षित “समृद्व नारी रिकरिंग निक्षेप खाता” सञ्चालित

मेरोन्यूज २०७८ फागुन २३ गते १८:२४

काठमाडौं । नेपाल बैंकले महिलाहरुलाई लक्षित गर्दै “समृद्व नारी रिकरिंग निक्षेप खाता” सञ्चालनमा ल्याएको छ ।

अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको हो ।

मासिक न्युनतम २५ हजार रुपैयाँ र सोहि गुर्णाङ्मा मासिक किस्ता जम्मा गर्न मिल्ने गरी निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खातामा उच्चतम ब्याजदर, निःशूल्क लकर सूविधा लगायत सूविधाहरु रहेको छ । १० लाख बराबरको दुर्घटना बिमा सूविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मूद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया