आइतबार, पुष १३, २०८२

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

मेरोन्यूज २०७८ फागुन २४ गते १३:५०

काठमाडौँ । एनसेलका ग्राहकले नेपालका जुनसुकै नेटवर्कमा सस्तो भ्वाइस कलमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको हो ।

यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्ने छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् ।

यस अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याक लिन सक्छन् । यी भ्वाइस प्याकमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रुपैयाँ, ७ दिन समयसीमा रहेको १५० मिनेट ९५ रुपैयाँ लिन सक्दछन् ।

यस्तै, १४ दिनको समयसीमा रहेको २२५ मिनेट १३५ रुपैयाँ, २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरू २६५ र ३८५ रुपैयाँ लिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यी भ्वाइस प्याक लिन सक्दछन् ।

प्रतिक्रिया