एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौँ । एनसेलका ग्राहकले नेपालका जुनसुकै नेटवर्कमा सस्तो भ्वाइस कलमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको हो ।
यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्ने छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् ।
यस अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याक लिन सक्छन् । यी भ्वाइस प्याकमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।
ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रुपैयाँ, ७ दिन समयसीमा रहेको १५० मिनेट ९५ रुपैयाँ लिन सक्दछन् ।
यस्तै, १४ दिनको समयसीमा रहेको २२५ मिनेट १३५ रुपैयाँ, २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरू २६५ र ३८५ रुपैयाँ लिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यी भ्वाइस प्याक लिन सक्दछन् ।

















गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
३४ स्थानमा रास्वपा विजयी, ८५ क्षेत्रमा अग्रता
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया