कांग्रेसले घर घर जाउँ, कांग्रेस जिताऔं अभियान थाल्ने
मेरोन्यूज
२०७८ फागुन २४ गते १५:१८

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी एक महिने अभियान सञ्चालन गर्ने भएको छ ।
‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानका साथ कांग्रेस मतदाताको घर घर पुग्न लागेको हो । कांग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले यहि फाल्गुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको हो ।
निकै जोड गरेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गराएको भन्दै कांग्रेसको आलोचना भइरहेकाबेला एमसीसी विकास परियोजना भएको भन्दै भ्रम निवारण गरिने पनि कांग्रेसले जनाएको छ ।
अभियान सुरु हुनु भन्दा २ दिनअघि सबै जिल्ला जिल्लाको बैठक बसेर अभियानको तयारी थाल्न जिल्ला पार्टीलाई निर्देशन दिइएको छ । एक महिना निर्वाचन केन्द्रित अभियानको ८ वटा उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।
सम्बन्धित















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया