नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
मेरोन्यूज
२०७८ फागुन २४ गते १७:०३

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

सम्बन्धित








तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया