फुजिमा आयल कम्पनीले देशैभर स्तन क्यान्सरको निःशुल्क परीक्षण गराइदिने
मेरोन्यूज
२०७८ फागुन २५ गते १७:४८

काठमाडौं । फुजिमा आयल कम्पनीले देशैभरका महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कम्पनीले स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने घोषणा गरेको हो ।
स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको जनाएको छ ।
कम्पनि मंगलबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर अभियानको शुरुवात गरेको थियो ।
ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ ।
जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउछ । त्यसमध्य ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको अध्ययनले देखाएको छ ।
सम्बन्धित
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया