एकीकृत समाजवादीको बैठक आज पनि, माधव नेपालले जवाफ दिने

काठमाडौं । कांग्रेससँगको सत्ता साक्षेदारीमा रहेको द नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । अध्यक्ष माधव नेपालले हिजो पेश गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न समुह बनाई छलफल भईरहेको छ । सात ओटा प्रदेशका ७ र अन्य गैह भौगोलिक, सम्पर्क लगायतमा काम गर्ने केन्द्रीय सदस्यहरुलाई थप २ गरी ९ वटा समुहमा विभाजन गरी नेकपा एकीकृत समाजवादीले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनलाई छलफल गरिरहेको छ ।
छलफलमा उठेका सुझाव र टिप्पणी समुहवाट रिपोट पहिले पेश गर्ने र त्यसपछि अध्यक्ष नेपालले जवाफ दिने गरी कार्यक्रम राखिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले उठेका सुझाव तथा टिप्पणीमा जवाफ दिएपछि स्थानीय तह निर्वाचनबारे पार्टी कार्यक्रम तय गदै बैठक आजै सक्ने तयारी नेकपा एकीकृत समाजवादीले बनाएको छ ।
काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा बैठक बस्ने छ ।
हिजो नेपालले १० पेज लामो ८ वुँदे प्रस्ताव वैठकमा छलफलका लागि पेश गरेका थिए । एमसीसीमा ब्याख्यात्मक घोषणा सहित पारित गर्ने बाटो लिएपछि केपी ओलीले आफनो पार्टी कोल्याप्स गर्ने गरी खेलेको षडयन्त्रलाइ फेरि एकपट परास्त गर्न सफल भएको निश्कर्ष निकालिएको छ । त्यस्तै, स्थानीय देखि संघ र प्रदेशसम्मको चुनावमा सत्ता गठबन्धन दलका वीचमै चुनावी तालमेल हुने र त्यसरी नै अगाडी बढन नेता तथा कार्यकर्तालाई नेपालले आग्रह समेत गरेका छन् ।
आज मध्यान्ह १२ वजे सम्म समुहमा छलफल सक्न र त्यसपछि वैठक हलमा सुझाव पेश गर्ने गरी तयारी एकीकृत समाजवादीले बनाएको छ ।
















मन्त्रिपरिषद्को बैठक बस्दै
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
कांग्रेसले सुर्खेतमा आज कर्णाली प्रदेशस्तरीय भेला गर्दै
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया