अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ ।
वासिङ्टन र बेइजिङबीच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ।
राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको पनि इरान युद्धका विषयमा ध्यान केन्द्रित गर्न उनले यसअघि आफ्नो भ्रमण स्थगित गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्न लागेको जानकारी दिए ।
अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ ।
चीन इरानी तेलको लागि एक प्रमुख ग्राहक हो । मुख्यतया, उसले इरानबाट विशेष सहुलियत दरमा ठूलो पैमानामा कच्चा तेल आयात गर्ने गर्दछ ।
“यो भ्रमण निकै साङ्केतिक महत्वको हुनेछ,” अमेरिकी प्रमुख सहायक प्रेस सेक्रेटरी अन्ना केलीले संवाददाताहरूसँग भने।
उनले भने, “अवश्य पनि, राष्ट्रपति ट्रम्प कहिल्यै पनि प्रतीकवादको लागि मात्र यात्रा गर्नुहुन्न । अमेरिकी जनताले राष्ट्रपतिबाट हाम्रो देशको तर्फबाट थप राम्रो सम्झौता गर्ने आशा गर्न सक्छन्।”
ह्वाइट हाउसका अनुसार ट्रम्पको दोस्रो कार्यकालको पहिलो चीन भ्रमणमा बेइजिङस्थित ‘टेम्पल अफ हेभन’को भ्रमण र भव्य राजकीय भोजसहित भव्य समारोहहरू हुनेछन्।
सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो ।
















अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
कांग्रेसले सुर्खेतमा आज कर्णाली प्रदेशस्तरीय भेला गर्दै
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया