संखुवासभा दुर्घटना : १४ जनाको पहिचान खुल्यो (सूचीसहित)

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३१ वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४८ वर्षीय दीपक दाहाल, ५५ वर्षीय श्याम शेर्पा र ४९ वर्षीय भवानी दाहाल, मादी–६ का ४२ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता राउत कार्की, ६० वर्षीय बल बहादुर कार्की, मादी– ६ की ३२ वर्षीया अञ्जना कटुवाल, मादी– ६ की ३० वर्षीया सिता बि.क , ५ वर्षीया दीक्षा कटुवाल, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र उनका छोरा ८ वर्षीय सुदिप घिसिङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।
घाइतेको हेलिकप्टरमार्फत उद्धार
बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् ।
दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए ।
















गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया