किसानले धान क्षतिको राहत पाउने

काठमाडौँ । गत असोज महिनामा दाङसहित देशका विभिन्न ठाउँमा बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिका आधारमा किसानलाई क्षतिपूर्ति दिने तयारी भएको छ । दाङका दश स्थानीय तहका लागि ३५ करोड ९५ लाख रकम माग गरेकोमा जम्मा १० करोड मात्र जिल्लामा आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
किसानले कुल क्षति भएको मध्ये करिब २७ प्रतिशत रकम क्षतिपूर्ति बाफत सोझै बैंक खातामार्फत् पाउने भएको ज्ञान केन्द्रका अर्थविज्ञ तथा फोकल पर्सन पृथ्वी लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य ठाउँको तुलनामा दाङमा धानबालीमा कम क्षति भएको हो ।
जिल्लाभरिमा उत्पादन हुने धानको करिब २७ हजार मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए । करिब २० हजार किसानको सो परिमाणमा क्षति पुगेको बताए ।
क्षति भएको परिणामअनुसार किसानले प्रति कठ्ठा करिब आठ सय रुपैयाँको दरले सोझै किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । तर, तुलसीपुर उपमहानगरपालिकाले भने प्रति कट्ठा १७७ रुपैँयाका दरले मात्रै दिने जनाएको छ ।
तुलसीपुर उपमहानगरको कृषि शाखाले धान खेतीमा क्षति पुगेका किसानलाई प्रति कठ्ठा १७७ रुपैयाँको दरले राहत उपलब्ध गराउने शाखाका सहायक प्रमुख रग बहादुर बबालले बताए ।
कृषि ज्ञान केन्द्रसँग स्थानीय पालिकाले आपसी समन्वय नगर्दा पालिकाका कृषि महाशाखा नै अन्यौलमा छ । तर, माग गरे बमोजिमको रकमसम्बन्धित निकायले नपठाउँदा थोरैमात्र रकम वितरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया