शनिबार, फागुन २३, २०८२

किसानले धान क्षतिको राहत पाउने

मेरोन्यूज २०७८ फागुन २७ गते ८:४१

काठमाडौँ । गत असोज महिनामा दाङसहित देशका विभिन्न ठाउँमा बेमौसमी वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका आधारमा किसानलाई क्षतिपूर्ति दिने तयारी भएको छ । दाङका दश स्थानीय तहका लागि ३५ करोड ९५ लाख रकम माग गरेकोमा जम्मा १० करोड मात्र जिल्लामा आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

किसानले कुल क्षति भएको मध्ये करिब २७ प्रतिशत रकम क्षतिपूर्ति बाफत सोझै बैंक खातामार्फत् पाउने भएको ज्ञान केन्द्रका अर्थविज्ञ तथा फोकल पर्सन पृथ्वी लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य ठाउँको तुलनामा दाङमा धानबालीमा कम क्षति भएको हो ।

जिल्लाभरिमा उत्पादन हुने धानको करिब २७ हजार मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए । करिब २० हजार किसानको सो परिमाणमा क्षति पुगेको बताए ।

क्षति भएको परिणामअनुसार किसानले प्रति कठ्ठा करिब आठ सय रुपैयाँको दरले सोझै किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । तर, तुलसीपुर उपमहानगरपालिकाले भने प्रति कट्ठा १७७ रुपैँयाका दरले मात्रै दिने जनाएको छ ।

तुलसीपुर उपमहानगरको कृषि शाखाले धान खेतीमा क्षति पुगेका किसानलाई प्रति कठ्ठा १७७ रुपैयाँको दरले राहत उपलब्ध गराउने शाखाका सहायक प्रमुख रग बहादुर बबालले बताए ।

कृषि ज्ञान केन्द्रसँग स्थानीय पालिकाले आपसी समन्वय नगर्दा पालिकाका कृषि महाशाखा नै अन्यौलमा छ । तर, माग गरे बमोजिमको रकमसम्बन्धित निकायले नपठाउँदा थोरैमात्र रकम वितरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया