नेपाल बैंक र चरक मेमोरियल अस्पतालबीच सहकार्य

काठमाडौँ । नेपाल बैंकका कर्मचारी र ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएको छ । बैंक अस्पतालबीच भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको १५ प्रतिशत र ग्राहकलाई १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो ।
सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा अस्पतालका संचालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराए । उनले नेपाल बैंक लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले गण्डकी प्रदेशअन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल अस्पतालसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गरे । साथै उनले यस विशेष छुट सुविधाबाट कर्मचारी तथा ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया