नेपाल बैंक र चरक मेमोरियल अस्पतालबीच सहकार्य

काठमाडौँ । नेपाल बैंकका कर्मचारी र ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएको छ । बैंक अस्पतालबीच भएको सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको १५ प्रतिशत र ग्राहकलाई १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो ।
सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा अस्पतालका संचालका समिति अध्यक्ष रामचन्द्र रेग्मीले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराए । उनले नेपाल बैंक लिमिटेडसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले गण्डकी प्रदेशअन्तर्गत पोखराको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल चरक मेमोरियल अस्पतालसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गरे । साथै उनले यस विशेष छुट सुविधाबाट कर्मचारी तथा ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया