सेञ्चुरी बैंकको नयाँ शाखा भिमसेनगोलामा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौँको भिमसेनगोलामा नयाँ शाखा खोलेको छ । बैंकले ग्राहक वर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा उक्त शाखा खोलेको हो ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायतको उपस्थिति थियो । यो शाखासँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टर संचालनमा गर्दै आएको छ । बैंकको कूल शाखा संख्या १२९ पुगेको छ । यस्तै, ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया