आइतबार, फागुन २४, २०८२

महाकाली क्याम्पसलाई महालक्ष्मी विकास बैंकद्वारा गमला उपहार

मेरोन्यूज २०७८ फागुन २७ गते १८:३९

काठमाडौं । महालक्ष्मी विकास बैंकले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई १ सय ७० थान गमला सहयोग गरेको छ ।
“एक शाखा, एक सामाजिक उत्तरदायित्व” अभियान अन्तर्गत महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले क्याम्पसलाई गमला प्रदान गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

क्याम्पस प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमकाबीच क्याम्पसलाई गमला प्रदान गरेको महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरीका प्रबन्धक रामबहादुर विकले जानकारी दिए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फूलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कप्रति आभार ब्यक्त गरे ।

प्रतिक्रिया