माओवादीका सांसदले पार्टी छाडे
मेरोन्यूज
२०७८ फागुन २७ गते १९:५६

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् ।
माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए ।
‘पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको छुँ,’ उनले भने ।
पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।
कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेशसभामा बस्न उचित नलागेको बताए ।
सम्बन्धित
















घुस लिएको अभियोगमा मुद्दा दायर
संसदमा ८ वटै अध्यादेश पेश
प्रतिनिधिसभा नियमावली मस्यौदा पेस
३८ अंकले बढ्याे सेयर बजार, काराेबार रकम साढे ४ अर्बमाथि
श्रम संसार ‘एप’मा जोडिन वैदेशिक रोजगार विभागको निर्देशन
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने?
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
प्रतिक्रिया