सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रियसभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा आज सभालाई सम्बोधन गर्दै उहाँले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गरे ।
“यो २१औँ अधिवेशन बजेट अधिवेशनको रूपमा रहेको छ । यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ”, अध्यक्ष दाहालले भने, “सङ्घीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरीलगायतका विधेयकलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।”
विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उहाँले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताए ।
अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुआत गरिएको जानकारी दिए ।
















सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल
स्मार्ट टेलिकम घोटालाबारे सांसद जगदीश खरेलको आपत्ति
प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु
राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थल सुचारु
एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने?
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
प्रतिक्रिया