सोमबार, वैशाख २८, २०८३

श्रम संसार ‘एप’मा जोडिन वैदेशिक रोजगार विभागको निर्देशन

मेरोन्यूज २०८३ वैशाख २८ गते १५:३५

काठमाडौँ । वैदेशिक रोजगार विभागले कामदार पठाउने इजाजत प्राप्त संस्थाहरुलाई श्रम संसार एपमा जोडिन निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

विभागले एक सूचना जारी गरी सो निर्देशन दिएको हो । यही वैशाख २५ गते सूचना जारी गर्दै विभागले राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरेपश्चात् सोही विवरण श्रम संसार एपमा समेत प्रकाशन गर्नुपर्ने निर्देशन दिएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १४ मा वैदेशिक रोजगारीमा कामदार पठाउन पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोट गर्न नेपाली भाषाको कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिएर विज्ञापन प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही व्यवस्थालाई थप व्यवस्थित र पारदर्शी बनाउन विभागले अबदेखि त्यस्ता विज्ञापनहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित श्रम संसार एपमा पनि अनिवार्य रूपमा राख्नुपर्ने निर्णय गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको विवरण डिजिटलाइजेसन गर्ने र पारदर्शी एवं व्यवस्थित बनाउने उद्देश्यले श्रम संसार एप सक्रिय बनाउन लागिएको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले बताए ।

प्रतिक्रिया