यु–१८ महिला टोलीको बिदाई

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागि हुने महिला टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ ।
एन्फा मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर महिला टोलीलाई विदाई गरेको हो । विदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान प्रिति राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन् ।
नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भएपनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।
लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ ।
महिला टोलीलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।
सन २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो ।
तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दैछन् ।
च्याम्पियनसिपका लागि टोली शनिबार भारत प्रस्थान गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै, मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।
यहि प्रतियोगिताका लागि मुख्य प्रशिक्षका दर्शन भक्तराज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइराला लगाएतले विदाई गरेका थिए ।









एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया