रुस–युक्रेन द्वन्द्वको सीमारेखा
युक्रेन कसरी जन्मियो, के हो वास्तविक विवाद ?

रुस र युक्रेनबीच सशस्त्र द्वन्द्व चलेको आज (मार्च १२) मा १७ दिन पुगेको छ । गत २४ फेब्रुअरीबाट रुसले युक्रेनमाथि निरन्तर हमला गरिरहेको छ ।
यद्यपी युक्रेनले समेत आफ्नो स्वाधिनताको रक्षा गर्नका लागि रुससँग प्रतिकार गरिरहेको छ । रुस र युक्रेनबीच दोहोरो भिडन्त जारी छ । शनिबारसम्म रुसी सैनिक युक्रेनको राजधानी किभ नजिक पुगेका छन् । युक्रेनमा कब्जा गर्ने रुसले आफ्नो लाखौ सैनिकहरु प्रिचालन गरेको छ ।
युद्धका क्रममा धेरै जनाको मृत्यु समेत भएको छ भने कतिपय घाइतेहरु उपचारको अभावमा छन् । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनमा १० मार्चसम्म ५४९ नागरिकको मृत्यु भएको छ भने र ९५७ जना घाइते भएका थिए । यद्यपि वास्तविक कुल संख्या अझ बढी हुन सक्ने बताइएको छ । मारिएकामध्ये २६ जना बालबालिका रहेको पुष्टि भएको छ ।
सबैभन्दा बढी हताहत हुने युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्स्क हुन्, जसमा कुल १२३ जनाको मृत्यु र ४८५ घाइते भएका छन् । अमेरिकी सेनाको अनुमान छ कि २ हजारदेखि ४ हजार युक्रेनी सशस्त्र बल, राष्ट्रिय गार्ड र स्वयंसेवी बलहरू मारिएका छन् । ५ हजारदेखि ६ हजार रुसी सैनिकहरू पनि मारिएको अनुमान गरिएको छ । युक्रेनी सेनाले २४ फेब्रुअरी यता १२ हजार भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ ।
यसरी भएको थियो युक्रेनको जन्म

विगत आठ वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको द्वन्द्वले दुई देशलाई मात्रै नभई सिंगो विश्वलाई नै खतरनाक मोडमा पुर्याएको छ । युक्रेन र रूसको पनि साझा विरासतको इतिहास छ, जो अहिले एक अर्काबीच जाइलागेका छन् ।
नवौं शताब्दीमा वर्तमान युक्रेनको राजधानी किभबाट सुरु हुन्छ । किभ पहिलो स्लाभिक साम्राज्यको राजधानी थियो । यो राज्य एक स्क्यान्डिनेभियाई जनजातिद्वारा गठन गरिएको थियो । यो महान मध्ययुगीन राज्यको स्थापनापछि रुस र युक्रेन दुवै यही साम्राज्यबाट जन्मेका हुन् । मस्को २१ औं शताब्दीमा स्थापित भएको थियो । त्यसपछि यो शहर किभियन रूसी साम्राज्यको उत्तर–पूर्वी सीमा थियो ।
स्लाभिक साम्राज्यमा अर्थोडक्स इसाई धर्मको प्रभुत्व थियो । सन् ९८८ मा, किभ सम्राट व्लादिमिर वा सेन्ट भ्लादिमिर Svyatoslavich द ग्रेटले यो दृष्टिकोण अपनाए । भ्लादिमिर प्रथमले मध्यकालीन रूसको राज्यलाई हालको बेलारुस, रूस र युक्रेनबाट बाल्टिक सागरसम्म विस्तार गरेका थिए ।
बेलारूसी, युक्रेनी र रूसी भाषाहरू यस क्षेत्रमा बोलिने धेरै बोली मध्यको हो । यो साझा विरासतले यी तीन देश (मस्काे, रुस र युक्रेन) लाई सांस्कृतिक रूपमा एकताबद्ध गर्दछ । हमला गर्नु अगावै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी जनता एक भएको घोषणा समेत गरेका छन् । यद्यपी विज्ञहरू यो कुरामा सहमत छैनन् ।
उनीहरु दुबैको उत्पत्ति एउटै राज्यबाट भएको हुनसक्ने तर पछिल्लो नौ शताब्दीमा युक्रेनको अनुभव फरक रहेको बताउँछन् । किनभने उनको भाग्य विभिन्न समयमा विभिन्न शक्तिहरूले तय गरेका छन् ।
युनिभर्सिटी कलेज अफ लन्डनका युक्रेनी अध्ययनका प्रोफेसर डा. एन्ड्रयु विल्सन भन्छन्– ‘युक्रेनलाई क्षेत्र वा पहिचानको सट्टा एक ‘जटिल समय’को रूपमा हेर्नु महत्वपूर्ण छ ।’
१३ औं शताब्दीमा, रूसी राज्यका धेरै प्रान्तहरू मंगोल साम्राज्यले कब्जा गरे । तर १४ औं शताब्दीमा, कमजोर मंगोल शासनले मस्को र लिथुआनिया नामक दुई प्रान्तहरूलाई फाइदा पुर्याएको थियो । यी दुईले रुसलाई आपसमा विभाजित गरे ।

१४ औँ शताब्दीमा किभ र यसको वरपरको क्षेत्र लिथुआनिया प्रान्तद्वारा कब्जा गरिएको थियो । ती मानिसहरूले यहाँ पुनः जागरण र सुधारवादी विचारधारा ल्याए र पश्चिमी युक्रेनको गालिसिया वा कार्पाथियन ग्यालिसिया क्षेत्र ह्याब्सबर्ग साम्राज्यद्वारा शासित थियो । त्यो समयको सांस्कृतिक सम्पदा अझै पनि त्यो क्षेत्रमा देख्न सकिन्छ ।
प्रख्यात रुसी इतिहासकार जेफ्री होस्किङले भन्छन्– ‘पश्चिमी युक्रेनको इतिहास पूर्वी युक्रेनको भन्दा धेरै फरक छ ।’
पश्चिमी युक्रेनका धेरै मानिसहरू रूसी अर्थोडक्स चर्चका अनुयायी छैनन् । उनी पूर्वी क्याथोलिक चर्चको विश्वासी छन् । यो विश्वासले पोपलाई आफ्नो आध्यात्मिक गुरु मान्छन् ।
यस बाहेक, युक्रेनको क्रिमिया क्षेत्र पनि देशको अन्य भाग भन्दा धेरै फरक छ । यहाँको सम्बन्ध ग्रीक र टाटार जनतासँग रहेको छ र मध्यकालीन समयमा क्रिमिया पनि रुसी र ओटोमन साम्राज्यको अधिनमा थियो ।
इतिहासकार होस्किङका अनुसार १७ औं शताब्दीमा, लिथुआनिया–पोल्याण्डको राष्ट्रमण्डल र रूसका जारवादी सम्राटहरूबीचको युद्धले डिनिपर नदीको पूर्वका सबै क्षेत्रहरूलाई रूसी नियन्त्रणमा ल्याएको थियो । युक्रेनका जनताले यस क्षेत्रलाई आफ्नो ‘बायाँ किनारा’ मान्दथे ।
हालको युक्रेनको मध्य र उत्तरपश्चिमी क्षेत्रमा, १७ औं शताब्दीमा एउटा राज्य थियो, जसलाई १७६४ मा तात्कालिन रुसी महारानी क्याथरिन द ग्रेटले कब्जा गरेकी थिइन् ।
उनीहरूले पोल्याण्डले ओगटेको युक्रेनको भू–भागमा पनि आफ्नो नियन्त्रण कायम गरे । त्यसपछि आगामी वर्षहरूमा, एक नीति आदेशले युक्रेनी भाषाको प्रयोग र अध्ययनमा प्रतिबन्ध लगाएको थियो । मानिसहरूलाई आस्थाका सम्बन्धमा पनि दबाब दिइन्थ्यो र यसरी ‘सानो जात’ समूह बनाइयो ।
यसैबीच पश्चिमका धेरै देशहरूमा राष्ट्रियताको लहर फैलियो । यसको प्रभाव पोल्याण्डदेखि अस्ट्रियासम्म देखिएको थियो । यस अवधिमा यहाँका धेरै मानिसहरूले आफूलाई रुसका मानिसहरूभन्दा फरक देखिनका लागि ‘युक्रेनियन’ भन्न थाले । तर, २० औं शताब्दीमा रुसमा क्रान्ति भयो र सोभियत संघको स्थापना भयो ।
सोभियत संघ स्थापनाका क्रममा ‘युक्रेन–सम्बन्धित पहेलीले नयाँ रूप पाएको थियो । सोभियत नेता जोसेफ स्टालिनले दोस्रो विश्वयुद्धको अन्त्यमा पोल्याण्डबाट पश्चिमी युक्रेनलाई गाभे ।
युक्रेनी भाषाको प्रभाव र युक्रेनको आँट
सन् १९५० को दशकमा मस्कोले क्रिमिया युक्रेनलाई सुम्पेको थियो । यो सोभियत संघको एक हिस्सा थियो । यस निर्णयपछि पनि रुससँग गहिरो सम्पर्क कायम रह्यो र ब्ल्याक सीमा रुसको जहाजले यसलाई प्रतिकात्मक रूपमा पुष्टी गर्ने गर्दथ्यो ।
सोभियत सरकारले युक्रेनमा रुसी प्रभावलाई थप बलियो बनाउन खोजेको थियो । धेरै पटक युक्रेनले यसको लागि पटक पटक ठूलो मूल्य चुकाउनु परेको छ ।
सन् १९३० को दशकमा सोभियत संघको हिस्सा रहेको युक्रेनमा स्टालिनले जबरजस्ती थोपरेको भोकमरीका कारण लाखौं मानिस मरे । यसपछि स्टालिनले ठूलो संख्यामा सोभियत जनतालाई त्यहाँ बसाए । तिनीहरूमध्ये धेरैले युक्रेनी बोल्न सक्दैनन् । यस क्षेत्रसँग उनको सम्पर्क र सम्बन्ध पनि निकै सीमित थियो । यो प्रयास पूर्वी क्षेत्रलाई पुनर्वास गर्नु थियो । तर, सांस्कृतिक रूपमा सोभियत संघले युक्रेनमाथि आफ्नो प्रभुत्व कहिल्यै प्रमाणित गर्न सकेन ।

होस्किङका अनुसार केन्द्रबाट आर्थिक, राजनीतिक र सैन्य निर्णयहरू लागू गरिए पनि युक्रेनलाई सांस्कृतिक र शिक्षाको क्षेत्रमा ‘विशेष स्वायत्तता’ थियो । यद्यपि रूसी भाषा प्रबल थियो, प्राथमिक विद्यालयमा बच्चाहरूले युक्रेनी भाषा सिक्ने क्रम जारी राखे । युक्रेनी भाषामा धेरै पुस्तकहरू प्रकाशित भएका छन् । ‘२० औं शताब्दीको उत्तरार्धमा युक्रेनी शिक्षित मानिसहरूका बीचमा बलियो राष्ट्रवादी अभियान सुरु भयो ।’
सन् १९९१ मा सोभियत संघ विघटन भयो र १९९७ मा रूस र युक्रेनबीच एक सन्धिमा हस्ताक्षर गरियो । यसबाट युक्रेनको सीमानाको अखण्डता पुष्टि भयो । तर देशका विभिन्न क्षेत्रमा यस्ता केही कमी कमजोरी देखिएकाले यो दुई देशबीचको द्वन्द्व आजको दिनमा पनि उत्तिकै उत्कर्षमा छ ।
युक्रेनको पूर्वी भागका मानिसहरूको रुससँग घनिष्ठ सम्बन्ध छ । यहाँ बस्ने मानिसहरू रुसी भाषा बोल्छन् र रूढीवादी छन् । युक्रेनको पश्चिमी भागमा पश्चिमी प्रभाव देखिन्छ । पोल्याण्ड र हंगेरीको प्रभाव यहाँ देखिन्छ । यहाँ बस्ने मानिसहरू क्याथोलिक हुन् र तिनीहरू आफ्नै भाषा बोल्छन् ।
संकटको समयरेखा
सन् १९९१ डिसेम्बर १ मा युक्रेन स्वतन्त्र भएको थियो । सोभियत संघको पतन भएको केही समयपछि युक्रेनले स्वतन्त्रताको पक्षमा मतदान ग¥यो । युक्रेनी जनताले सार्वभौमसत्ता सम्पन्न राज्य बन्नका लागि समर्थन गरेका छन् ।
सुरक्षा आश्वासनमा (बुडापेस्ट) ज्ञापनपत्र सन् १९९४ को अन्तमा हस्ताक्षर गरिएको थियो । युक्रेनले आफूलाई गैरआणविक शक्ति बताउँदै, शीत युद्धबाट सबै आणविक हतियारहरू रूसी संघमा हस्तान्तरण गर्ने सम्झौतापछि यो कागजातमा हस्ताक्षर गरिएको थियो ।

यसअघि युक्रेनसँग विश्वको तेस्रो ठूलो आणविक भण्डारको भौतिक स्वामित्व थियो । युक्रेनबाहेक बुडापेस्ट ज्ञापनपत्रमा संयुक्त राज्य अमेरिका, बेलायत र रुसले हस्ताक्षर गरेका थिए ।
पश्चिमाञ्चलका उम्मेदवार भिक्टर युस्चेन्को र रुसले समर्थन गरेका भिक्टर यानुकोभिचबीचको राष्ट्रपति चुनावले ठूलो विवाद सिर्जना गरेको थियो । युस्चेन्कोलाई चुनावअघि रहस्यमय रूपमा विष दिइएको थियो तर निको हुन सफल भएका थिए ।
यानुकोभिचको पक्षमा विजय घोषणा गरिएको थियो तर चुनावलाई व्यापक खेलका रुपमा उनलाई हेरिएको थियो । युक्रेनीहरू सडकमा उत्रिएका थिए । २००४ डिसेम्बर सम्म, प्रदर्शनकारीहरूले पुनः मतदान गर्न सक्थे, जसको परिणामस्वरूप युस्चेन्कोको जित भएको थियो ।
अप्रिल २००८को प्रारम्भमा, नाटो शिखर सम्मेलन युक्रेनमा सदस्यता कार्ययोजना विस्तार गर्नेबारे गहन बहसको थालनी भयो । नाटोको सदस्यता प्राप्त गर्न, २८ युरोपेली देशहरू र दुई उत्तर अमेरिकी देशहरूबीचको सैन्य गठबन्धन उत्तरी एट्लान्टिक क्षेत्रमा शान्ति र सुरक्षाको रक्षा गर्न समर्पित देशहरूसँग पहिले योजना बन्यो ।
युक्रेनी सदस्यताबारे थाहा पाएपछि पुटिनले यसको विरोध गर्दै तत्कालिन अमेरीकी राष्ट्रपति जर्ज डब्लु बुशलाई युक्रेन कुनै राज्य नभएको र नेटोले यसलाई योजनामा समावेश गर्न नमिल्ने बताएका थिए ।
युरोपेली संघसँगको सम्बन्धमा काम गर्ने वाचा गरेपछि, राष्ट्रपति यानुकोभिच, जो फेरि राष्ट्रपतिको लागि दौडिए र सन् २०१० मा विजयी भए, उनी विजयी भएपनि राजनीतिक दिशा बदल्न र युक्रेनलाई रूसतर्फ उन्मुख गर्न थाले । राजनीतिक प्रतिद्वन्द्वी युलिया टिमोसेन्कोको विवादास्पद गिरफ्तारी र सरकारी भ्रष्टाचारको बारेमा जनताले व्यापक विरोध जनाए । जसलाई युरोमिडियन आन्दोलनको नाम दिइएको थियो ।
किभको मैदान स्क्वायरमा केन्द्रित भएर देशभर विरोध प्रदर्शन भइरहेको थियो । सो आन्दोलनमा कम्तिमा १३० व्यक्तिहरू मारिएका थिए । यानुकोभिच भागेर रसिया पुगे, र नयाँ नेतृत्वले युक्रेनलाई युरोपेली संघतर्फ उन्मुख गर्ने प्रतिबद्धता जनाइएको थियो ।

युरोमिडियन आन्दोलनको विरोधपछि रुसले युक्रेनी प्रायद्वीप, रुसी बहुल जातीय जनसंख्या भएको क्रिमिया कब्जा गरेको थियो । रूसी सैनिकहरूले प्रायद्वीपमा मुख्य भुभागहरु ओगटेका थिए । रूसी चिन्हहरू हटाइएका सैन्य बर्दी लगाएका थिए ।
२१ अप्रिल २०१९मा पूर्व हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति चुनावमा रुस समर्थक वर्तमान पेट्रो पोरोसेन्कोलाई भारी मतले पराजित गरे । जेलेन्स्कीको पार्टीले पनि संसदमा बहुमत सिट जितेको थियो । यो युक्रेनी इतिहासमा पहिलो थियो ।
जेलेन्स्कीको अभियानका क्रममा गरिएका वाचाहरूमा रूससँगको युद्ध अन्त्य गर्ने र युक्रेनी सरकारबाट भ्रष्टाचारलाई जरैबाट हटाउने कुराहरु समावेस थियो ।
सन् २०२१ को सुरुमा, जेलेन्स्कीले रुसी समर्थक युक्रेनी कुलीन वर्गहरूमाथि क्र्याक डाउन गरे, जसमा पुटिनका नजिकका साथी भिक्टर मेदवेदचुक पनि थिए । त्यसपछि, पुटिनले युक्रेनी सीमा नजिकै बढ्दो संख्यामा सेना तैनाथ गरेका थिए र ‘रुसी र युक्रेनीहरू एउटै व्यक्ति हुन्’ भनी दाबी गर्दै एउटा लेख प्रकाशित गरेका थिए ।
पुटिनले २०२१ को डिसेम्बरसम्म, दसौं हजार रूसी सेनाहरू सीमामा तैनाथ गरेका थिए । त्यसपछि पुटिनले नेटो र संयुक्त राष्ट्र संघ समक्ष विभिन्न मागहरू राखेका थिए । ती मागहरू मध्ये युक्रेनलाई कहिले पनि नेटोमा भर्ना गर्न नदिने भन्ने थियो । यो मागलाई अमेरीकी राष्ट्रपति जो बाइडेनको सचिवालयले अस्वीकार गरिदियो ।
यसअघि सन् २०१४ मा, युक्रेनी सरकारले रुसी समर्थित विद्रोहीहरूको नेतृत्वमा डोनेट्स्क र लुहान्स्कको युक्रेनी क्षेत्रहरू युक्रेनबाट अलग गरेको थियो । २१ फेब्रुरी २०२१ नेटो र पश्चिमसँगको सम्बन्ध टुटेपछि पुटिनले यी क्षेत्रहरूलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए र शान्ति कायम राख्न सेना पठाएका थिए ।

छुट्टिएका क्षेत्रहरू पहिचान गरेको केही दिनपछि, रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु ग¥यो । आक्रमण पूर्वी युक्रेनी क्षेत्र डोनबासबाट भएको थियो । त्यसपछि जेलेन्स्कीले युक्रेनमा मार्शल ल घोषणा गरे र आधिकारिक रूपमा रुससँग कूटनीतिक सम्बन्ध तोडेका जनाएका थिए । साथै हाल पुटिनको उक्त कार्यको विश्वभर र रुसमा पनि निन्दा भएको छ ।
युक्रेन समाप्तीको सम्भावना
युद्धविराम हुन नसक्नु र नियमित मानवीय क्षति पुग्दै जानु र देशका मानिसहरु सबै अन्य मुलुकमा शरणार्थीका रुपमा बसाई सरेको कारणले युक्रेन कतै समाप्तको संघारमा पुगेको त छैन ? भन्ने प्रश्न पनि जनमानसमा उत्तिकै छ ।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको डाटा पोर्टलका अनुसार रुसले आक्रमण सुरु गरेदेखि २५ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका छन् । धेरैले पोल्याण्ड र अन्य छिमेकी राज्यहरूमा शरण खोजेका छन् ।

पछिल्लो र अझै बढ्दो गणनामा पोल्याण्डमा १,५२४,९०३ जना हंगेरीमा २२५,०४६ जना स्लोभाकियामा १७६,०९२ जना रसियामा १०५,८९७ जना, रोमानियामा ८४,६७१ जना मोल्डोभामा १०४,९२९ जना र बेलारुसमा ८५८ जना मानिसहरू प्रवेश गरेका थिए । कम्तिमा २,८२,४९७ व्यक्ति अन्य युरोपेली देशहरूमा भागेका छन् ।
तथ्याङ्कहरूले प्रत्येक देशमा हाल उपस्थित शरणार्थीहरूको संख्या प्रतिनिधित्व गर्दछ, प्रविष्टिहरूको संख्या होइन । आउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । १८ देखि ६० वर्ष उमेर समूहका सबै पुरुषहरूलाई युक्रेन छोडेर बस्न र लड्न रोक लगाइएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया